पोखरामा भ्रमण आएको बस दुर्घटना, २ जना घाइते

पाेखरा | कात्तिक २२, २०८१

पोखरामा भ्रमण आएको बस दुर्घटना, २ जना घाइते

पोखरा:    दाङबाट भ्रमणका लागि आएको बस पोखरामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहीबार कास्कीको पोखरा महानगरपालिका–२२ विश्व शान्तिस्तूप नजिकै रा १ ख २१०६ नम्बरको बस दुर्घटना भएको हो । 


नवयुग डान्स क्लब दाङबाट भ्रमण आएका यात्रुलाई बोकेको बस पुम्दीकोटबाट पोखरा झर्दै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । 


उनका अनुुसार बसमा २४ जना सवार थिए । दुई जना घाइते भएका हुन् । 


घाइते हुनेमा जिल्ला दाङको तुल्सीपुर उपमहानगरपालिका– ४ बस्ने १७ वर्षीया सन्ध्या रसाईली र  १९ वर्षीया मनिषा रसाईली रहेका छन् । 


घाइते दुवै अवस्था सामान्य रहेको छ । दुवैको नमस्ते अस्पताल विरौटामा उपचार भइरहेको छ । चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्