पोखरामा भ्रमण आएको बस दुर्घटना, २ जना घाइते

पाेखरा | कात्तिक २२, २०८१

पोखरामा भ्रमण आएको बस दुर्घटना, २ जना घाइते

पोखरा:    दाङबाट भ्रमणका लागि आएको बस पोखरामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहीबार कास्कीको पोखरा महानगरपालिका–२२ विश्व शान्तिस्तूप नजिकै रा १ ख २१०६ नम्बरको बस दुर्घटना भएको हो । 


नवयुग डान्स क्लब दाङबाट भ्रमण आएका यात्रुलाई बोकेको बस पुम्दीकोटबाट पोखरा झर्दै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । 


उनका अनुुसार बसमा २४ जना सवार थिए । दुई जना घाइते भएका हुन् । 


घाइते हुनेमा जिल्ला दाङको तुल्सीपुर उपमहानगरपालिका– ४ बस्ने १७ वर्षीया सन्ध्या रसाईली र  १९ वर्षीया मनिषा रसाईली रहेका छन् । 


घाइते दुवै अवस्था सामान्य रहेको छ । दुवैको नमस्ते अस्पताल विरौटामा उपचार भइरहेको छ । चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्